पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Saturday, February 16, 2019

प्रिय साथी

.....प्रिय साथी ....
कुनै समय थियो, 
सपना सानो थियो सम्बन्ध ठुलो
अाज समय छ, 
सपना ठुलो भयो र सम्बन्ध सानो। 

.


संगै चलाएका डुङ्गाहरु
संगै उडाएका चङ्गाहरु
भाडाकुटिका घरहरु
बदमासीमा डरहरु
संगै चालेका गल्लीहरु,
संगै साटेका खिल्लीहरु,
जो यादमा अाउछन अचेल
फेसबुकका भित्ता जस्तै
जीन्दगीको भित्ताहरुमा
See your memory भन्दै।
.
हुन त तिमी ठुलो मान्छे भइसकेछौ,
अष्ट्रेलियाको समुन्द्र किनारमा
तिमी उनको नाम केरिरहदा,
म यता भविष्यका रेखाहरु,
मेट्दै केर्दै फेरि मेट्दै गरिरहेछु।
लोकसेवामा नाम निकालेर,
सरकारि जागिरे भएको तिमी
र तिम्रा कथा गाउँमा सुनाइरहदा,
म यता सहरमा बेरोजगारिका
सर्टिफिकेट हल्लाउदै हिडिरहेछु।
सायद त्यसैले चिन्दैनौ होला अचेल
र बोल्दौनौ अचेल।
.
खै कस्तो सम्बन्ध बनाएछौ तिम्ले र मैले?
यो अाधुनिक युगमा
६ महिनामा म्यासेज नहुने,
१ बर्षसम्म फोन नहुने,
र भेट बर्षौ बर्ष।
.
कुनै दिन,
भुरुङ् जस्तै जीन्दगीले नचाउदा सम्झिनु।
कुनै दिन,
चुङ्गी जस्तै समयले उचाल्दा पछार्दा सम्झिनु।
कुनै दिन,
गुलेलि जस्तै चोटहरु हान्ला कसैले र सम्झिनु।
बिगतका तिता मिठा यादलाइ,
हासो अासु बनाइ साटौला ॥
.
उहि तिम्रो,
People You May Know
मा अचेल भेटिने प्रिय साथी ॥
© प्रतीक पोख्रेल

No comments:

Post a Comment