पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Saturday, October 15, 2016

फेसबुके लभ

अाहा भोलि त शनिबार । मन यसै फुरुड्ग थियो, यसकारण होइन कि भोलि कजेल जानु नपर्ने बरु यसकारण हो कि भोलि मज्जाले ९ बजे सम्म सुत्न पाइन्छ । दिनहुको जीन्दगीको दौडबाट अाजित एउटा जिन्दगी यसो सोच्दै थियो । जाडोको रात छिप्पिसकेछ, लाग्यो अब सुत्नु पर्छ । यसो हेरे सुत्ने बिस्तरा किताब कापि, ल्यापटप, लोडसेङिगको अोखति लाईट, सबै थोक भएर पनि लथालिङ्ग मेरो अाफ्नो जिन्दगी जस्तै । सबै चिजलाई ठेगान लाएर, अाफ्नो शरिरलाई पनि रातभरलाई ठेगान लाउन मिल्ने ठाउ बनाए । सुत्न के लागेको थिए, जुकरबर्ग दाइको म्यासेन्जर ट्वाङ्ग गर्यो ।
यसो हेरिएको छुच्चि केटि नाम गरेको अाइडि बाट म्यासेज अाएको रैछ Hy भन्दै । सोचे कुन चाहि तोरिको,काम हो केटिको नाम बाट म्यासेज पठाउने तै पनि रिप्लाइ दिए हजुर भन्दै । अनि फेसबुकको भित्ता तिर गए, नोटिफिकेसन ७० पुगेको रैछ । कुन चाहि बौलायो फेरि भनेर हेरेको उहि छुचि रैछे । अब चाहि को रैछ भनेर प्रोफाइल नै खोलि हेरे तर पनि फेक अाइडि नै लायो । ह्या जो सुकै होस भन्दै छोड्दिए । फेरि म्यासेज अाएछ
-सन्चै हुनुहुन्छ?
-भन्दा हुन्छ! अनि हजुर? हजुरलाई चिनिन नि मैले?
- सन्चै छु । मैले चिनाए कि नै छैन ।
-चिनाउनु पर्यो नि त?
-कसरि चिनाम?
-त्यो तपाइ कै जिम्मा!
-त्यति क्षमता छैन मसंग ।
अाधा अाधि त पक्कै भयो । केटा नै हो भनेर । तर अाशाको त्यान्द्रोमा केटि नै भए हुन्थ्यो भन्ने थियो । मन न हो काडा भन्दा त फूललाई नै खोज्छ । जो सुकै होस छिनोफानो गर्नै पर्यो भन्ने लायो, मनलाई । म्यासेज पठाए ।
-फेसबुकको दुरुपयोग त भाछैन नि यहाँ?
-कसरि?
-केटिको फेक नामबाट, केटाले चलाउने काम ।
-त्यस्तो लाग्छ र?
-रियल नाम नि छैन, तस्विर नि छैन । संका नगर्ने कुनै ठाउँ नै छैन ।
एकै छिन रिप्लाई अाएन । केहि छिन पछि नाम चेन्ज भएछ । कृपा खड्का । अनि म्यासेज अायो ।
-अब त बिश्वास गर्नुहुन्छ होला नि?
-अाधाअधि ।
-किन?
-तस्विर देखेपछि पुरा बिश्वास गरुला ।
-तस्विर त म राख्दिन!
-किन?
-मान्छे सुन्दरता अाखाँले होइन, मनले हेर्नु पर्छ, जो म अचेल कसैसंग भेटदिन ।
-गहिरो कुरा गर्नु भयो!
-हजुरको स्ट्याट्स भन्दा कम नै छ कि?
-त्यो त हेर्नेको नजरमा भर पर्छ । फूलको अाखाँमा फूलै संसार ।
-नजरले हुने भए । म बाग्मतिको पानीलाई, शुद्ध मानेर पिउथे तर त्यसो हुदैन । म यथार्थ चिजलाई नै यर्थाथ रुपले देख्छु र भन्छु ।
.... चाहे जो सुकै बिचार चाहि गहकिलो लाग्यो । एक मन त लाग्यो मित्रताको हात अघि बढाउ फेरि अर्को मनले अाफ्नै बिगतका केहि साथीका भिडमा स्वार्थीहरु - जो हात बढाउदा, हातै छिनालि लगेका थिए उसैलाई सम्झियो, अनि धैर्य गर केटा धैर्य गर भन्यो । फेरि रिप्लाई दिए
-त्यो पनि हो ।
-ल बाई । गुडनाइट ।
गुडनाइट । भन्दै फेरि उस्कै प्रोफाइलमा झुन्डिए केहि बेर तर उसलाई महसुस गर्ने कुनै ठाउ भेटिन । केबल एउटा नाम बाहेक । नानाभाति कुरा खेलाउदै, सुते ।
. अर्को दिन फोनको घण्टिले बिउझ्यो । हेरेको नचिनेको नम्बर बाट मिस्कल । जो सुकैको फर्काइन । काम नपरि फोन गर्ने मान्छे अझै बनाइसकेको थिएन, त्यसैले यति कुरा ढुक्क थिए कसैलाई काम परेर सम्झिएको हो । निन्द्रा त भङ्ग भै हाल्यो, भग्वानको दर्शनको सट्टा फेसबुककै दर्शनमा लागे । एकैछिनमा ट्वाङ्ग गरिहाल्यो । हेरे उहि छुच्चिको म्यासेज ।
- गुड मर्निङ्ग ।
- शुभ प्रभात ।
- सन्चै?
- हिजो भन्दा । अनि हजुर?
- म पनि! एउटा कुरा सोधु?
- धेरै सोध्नु एउटा किन?
- हजुरको GF छ कि नाई?
- छैन भनौ भने पत्याउने होइन होला? छ भनौ भने नहुनुको यथार्थ अाफुलाई मात्र थाहा छ । तै पनि किन?
- यतिकै सोधेको ।
- सोध्नुको रहस्य?
- केहि छ । पछि भनौला ।
यस्तै यस्तै गफहरु चलिरहन्थे प्राय दिनहु । ५ मिनेटबाट सुरु भएको च्याट यात्रा ५० मिनेटभन्दा लम्बिन लाइसकेका थिए पछिल्ला दिनमा । कहिले कुरै कुरामा कहिले उ रुझ्थी कहिले म भिज्थे । यदि दिन च्याट हिस्ट्रि हेरेको, यति धेरै च्याट भएछ कि त्यो लेख्ने भने एउटा किताब नै तयार हुन्थ्यो होला । तर पनि अझै न उनको तस्विर देख्न पाए, न अावाजमा अावाज मिसाउन पाए । मान्छेहरुको भिडमा एक्लो भएको मलाई जे होस मनका कुरा सुन्ने साथी भेटाएको थिए । यक दिन यसै गफै गफमा तस्विर मागी हाले । सम्बोधनहरु हजुरबाट तिमीमा पुगिसकेको थियो!
- एउटा तस्विर देख्न पाए हुन्थ्यो तिम्रो?
- किन?
- Hard Copy निकालेर चटपटे राखेर खान त पक्कै होइन होला । हेर्न नि ।
- मनले हेरेकै छौ अब अाखाले हेरेर भ्रममा किन पार्छौ?
- भ्रम नछर्ने तस्विर पठाउ न त?
एकैछिन पछि तस्विर अायो मैले सोचे भन्दा राम्री । हुन त जमाना व्युटि प्लसको थियो, जस्तै फोहोरीलाइ पनि सुन्दरि बनाइदिन्थ्यो । यर्थाथ जे होस मान्छे चाहि मन पर्यो । अनि भने,
- मान्छे त राम्री नै रैछेउ, अाफुलाइ लुकाएर पो रैछ ।
- भ्रममा पर्दै छौ तिमी ।
- भ्रम नै सहि, तिमी चाहि मलाइ मन पर्यो ।
- गल्ति गर्दै छौ ।
- गल्ति नै नगरि केहि कुरा सिकिदा पनि सिकिन्न ।
- ठिकै छ मेरो भन्नु केहि छैन ।
गफहरु निरन्तर चलिरहन्थे । फेसबुकको बारिमा लाईक, कमेन्ट, म्यासेजको खेति मौलाएकै थियो । एक तर्फि रुपमा प्रेम नै गर्न लागिसकेको थिए म । एउटा दिनको पर्खाइमा थिए उसलाइ भन्ने अनि उस्को कुरा बुझ्ने । भ्यालेन्टाइन डे नजिकिदै थियो । सोचे त्यहि दिन प्रपोज गरौला । समय, जिन्दगी सङ्गै दौडिदा दौडिदै, भ्यालेन्टाइन डे पनि अाइ सकेछ । नो त पक्कै हुदैन यस नै हुनेछ, त्यस पछि उस्लाइ काठमाण्डौ गएर भेटौला यहि प्लान बनाय‍ो मनले । त्यो दिन उ अन्लाइनमा देख्खिइन दिनभरि । साझ मात्र भेटाए । अनि हतार हतार म्यासेज पठाए ।
- ह्याप्पि भ्यालेन्टाइन डे ।
- सेम टु यु ।
- एउटा कुरा भनु?
- भन न?
मनको रफ्तारलाई बढाउदै म्यासेज पठाए ।
- म तिमीलाई प्रेम गर्छु । के तिमी मलाई?
- के?
- माथी जे छ त्यहि ।
एकैछिन मयासेज अाएन, मन डरायो । फेरि लेखे ।
- के भो?
- यस्को बारेमा डिसीजन भोलि । अाजलाइ म गए, बाइ ।
मन त थिएन उनलाइ बाइ भन्ने तर बाध्यताले भन्नु पर्ने बनायो ।
भोलिको रिप्लाइ बारे सोचिरहे । सोच्दा सोच्दै निदाएछु । अर्को दिन कजेल जानु पर्ने, कजेलमा पढाइ तनाबले हिजो कुरा भुसुक्कै बिर्सीएछु । कलेजबाट फर्किए पछि सम्झे अनि हतार हतार फेसबुक खोले । तर म्यासेज अाएको रहेनछ । म्यासेज बक्समा गएर म्यासेज खोले, सायद डि एक्टिभेट गरिछे अाइडि म्यासेज पठाउने ठाउ भेटिन । तै पनि संका लाग्यो बल्क पो गरि कि? साथीको फेसबुकबाट हेरे । जे नहुनु पर्ने थियो त्यहि भयो, प्रतिउत्तरमा ब्लक पाएछु, डिएक्टिभेट रहेनछ। फेरि सहिद भयो एउटा अर्को एकतर्फि प्रेम सम्बनध । सुरु उ बाटै अन्तय पनि उबाट नै । तर नजितामा प्रेमको मार्कसिटमा स्टार मैले नै पाए ।

पुराना म्यासेजहरु पल्टाउदै दिनभर घोत्लिरहे फेसबुक तिर । केहि गर्न मन लागेन । घरि घरि उहि म्यासेजमा झुन्डिरह्यो मन । दिन पनि बित्यो रात पनि झिप्पिनै अाट्यो म्यासेज हेर्दै अनि अतित सम्झिदै । अनि एउटा स्ट्याटस लेखे " कसैको अभाबमा जिन्दगी रोकिने त होइन तर चिनि बिनाको चिया, नुन बिनाको तरकारि जस्तै तिमी बिनाको जीन्दगी खल्लो खल्लो हुनेछ । " त्यसपछि उसका र मेरा म्यासेजहरु सम्मपूर्ण डिलिट गरे, अतितलाई खरानी बनाएर अाफै घसे । सुते! एउटा नया सपना अनि पुरानै जिन्दगी बोकेर, नमेटिने दाग बोकेर ।

No comments:

Post a Comment