पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Tuesday, March 7, 2017

कथा

जिन्दगीका बाटोहरुमा जिन्दगी पनि यी सहरका बाटोमा बाटो अल्मिए जस्तै अल्मिरहेको पनि महिनौ भै सकेछ । सर्टिफिकेट बोकेर जागिरका लागी सडक नाप्दै हिड्दा हिड्दा लखतरान छ एउटा जिन्दगी । कहिले काहि त लाग्छ चटपटे राखेर खाइदिउ कमसे कम काम त लाग्छ, केहि नलाग्न भन्दा ।
उ फेरि हासिन एउटि खै मलाइ देखेर या मेरो जिन्दगीलाइ देखेर गीज्यारेछिन भेउ पाउदिन, चिन्थे भने त सोध्थे तर चिन्नु थिएन । यस्तै एउटा मिठो मुस्कानमा फसेको थिए कुनै बेला । तर के थाहा मिठा संवाद बनेर अाएका ति क्षण तिता यादका उपहार दिएर जान्छन भन्ने कुरा । ति यादहरुलाइ मेट्न फेरि पस्नु नै पर्छ मलाइ, दिदिको होटल, अनि पसे । स्वागत स्वरुप मुस्कान पाइहाले । मैले मुस्कानको अर्थ तब देखि बुझे तब ति दिदिलाइ देखे । 
- ए अायौ?
- अाइयो, हजुरको साह्रै याद अाएर ।
- मेरो कि उनको?
- अाखिर याद नै हो । 
- हो त्यो त । अनि के लिन्छौ?
- उहि त हो । जलाउने अनि उडाउने चिज, त्यसलाइ अनि अाफ्नै जिन्दगीलाइ । 
अनि हास्दै एक खिल्लि चुरोट ल्याइदिइन । जलाए, एक सर्को ताने उडाए । 
चुरोट मलाइ उडाउछ, म चुरोटलाइ उडाउछु, दुबैले दुबैलाइ उडाउछौ, तर साथ कहिल्यै छुट्दैन, यस्तै त हो प्रेम । लाग्थ्यो यो प्रेमको परिभाषा उस्ले भन्दा चुरोटले बुझेको छ होला बरु । फेरि मनमा अर्कै कुरो अायो,
- दिदि!
- है?
- एउटा कुरो भनु । 
- भन न ।
- यो चुरोट पनि उ जस्तै गद्दार निस्कियो ।
- कसरि?
- म उसलाइ भुल्न चुरोट पिउछु, यो चुरोट भने धुवा बनेर उस्कै अार्किति बनेर देखा पर्छ, घरि घरि । 
-(हास्दै) सुरु भयो फेरि साहित्यकारको साहित्य ।
- बाको इन्जिनियर, उसको कलाकार, कसैको दार्शनिक, अनि हजुरको साहित्यकार सबै बनियो । त्यहि भएर होला, समयले जोकर बजाउदै छ अहिले ।
- यो त समयले खेला हो बाबै । कति बेला के बनाउछ पत्तै हुदैन । 
- हो रछ दिदै । 
बिदा बारि भएर निस्के त्यो दिनलाइ । यो सहरमा धुलो पनि यति बढेछ, लाग्दै छ म भोको छु भन्ने बुझेर सरकारले सितैमा बाडिरहेछ । मुख छोपे माक्सले । यसो त यो धुलो पनि ठिकै लाग्थ्यो मलाइ, मुखमा माक्स लगाएर दुनियालाइ कमसे कम यो भिडका अगाडि लुकाउन त सकिरहेछु अाफैलाइ । अलिक पर पुग्दा लामो लाइन देखे मन्दिर अगाडि, पुजा गर्नेहरुको भिड देखे । पुजा गर्नेहरुको भनौ या माग्नेहरुको भिड जो दुइचार  सय भेटि चढाएर करौडोको सपना मागिरहेछन, वाहा । एकै छिन पैतालाले सडक नापेपछि पुगे अाफ्नै कोठा, यसो हेरे चारैतिर,  कपडा एकातिर, कापि किताब अर्कोतिर फालिएका, अनि जुठा भाडाहरु, लथालिङ्ग,  सायद मेरै लथालिङ्ग जिन्दगीसंग जोडा मिलाउदै थियो । खाना खाइवरि, निभाएर सुते, उज्यालोको,बत्ति अनि जिन्दगीका सपनाहरुको बत्ति । 
अर्को दिन पुगे बिहान उहि दिदिको पसलमा । मागे उहि चिया, चुरोट ।
एकछिन पछि,
- दिदि!
- हजुर!
- मलाइ पनि यो चुरोट बालेर धुवा उडाए जस्तै उडाउन मन लागछ अाफ्नै जिन्दगीलाइ बालेर धुवा बनाइ ।
- ह्या बिहान बिहानै के बोलेको होला ।
म हास्दै एक सर्को तानेर उडाए । दिदिले फेरि भन्नु भो ।
- सधै उन्को बारेमा भन्छौ तर अाफ्नो कथा भने कहिल्यै सुनाउदैनौ । अाज सुनाउ म पनि खालि छु ।
- पछि कुनैदिन ।
- पछि हैन अाजै सुनाउ नत्र म बोल्दिन । 
- हस तर सबै चाहि भन्दिन । सुकिसकेको घाउ कोट्याउने काम चै नगउ है ।
- जति मिल्छ त्यति भन, सुन्नु छ मलाइ । 
- जिन्दगीका पाइलाहरु जिन्दगीको गोरेटोमा गोरेटो खोज्दा खोज्दै अल्मिलिरहेको थियो । खुसि हरु चाहनामा थियो तर बहानामा थिएन । अनि खुसिको बाहना बनेर उनि अाइन । रङ्गहिन जिन्दगीमा केहि रङ्ग थपिए जस्तो लायो, अाशाका टुसाहरु उम्रन लाए, बिरानो यो भिडमा अाफ्नो भेटिए जस्तो लायो उनि अाएपछि । तर के गर्नु सबथोक लिएर अाएकि उ सबथोक लिएरै गइ ।
- कति बर्ष भयो प्रेम?
- लगभग 2 बर्ष ।
- अनि कसरि छुट्यो त?
- कसरि भनु । त्यो एक साझ जुन मेरा लागी अब कयौ दिन रात बनाउन अाउदै थियो । उनले फोन गरिन
- कता छौ? भेट्नु छ अर्जेन्ट तिमीलाइ?
- किन के भयो र?
- केहि होइन भेटेर भनौला ।
- कहा भेट्ने?
- उहि पुरानै क्याफे ।
केहि छिनमा पुगे उ अाइसकेकि रैछ । हल्का मुस्कानले स्वागत गरि । केहि झण कुरा कानि भइसके पछि कफि मगायौ अनि सोधे मैले नै
- अनि के थियो त्यस्तो अर्जेन्ट काम ।
कफि अायो । सुरुप्प पिउदै उ ।
- एउटा कुरा भन्नु थियो ।
- के कुरा? 
- यो भेट हाम्रो अन्तिम भनेर ।
- कति दिनलाइ?
- सधैलाइ ।
- नाइस जोक ।
- सिरियसलि भन्दै छु । 
उसको मुहारको भावले सिरियसलि भन्दै थियो ।
- किन?
- प्रश्न के गर्छौ मलाइ, उत्तर तिमीमै छ । जिन्दगी लामो । सधै यहि क्याफेको मिठा गफले मात्र पनि त चल्दैन होला । केहि हुन्छन जिन्दगीका इच्छा अाकङ्क्षाहरु पुरा गर्नु पर्ने, जुन तिमीले सकेनौ । खुसी बनाउनलाइ पनि पहिला सुखि बनाउनु पर्छ । तर खै तिमीबाट त्यो अपेक्षा पनि गर्न सकेन । अब जिन्दगीका पाइलाहरु यहि सम्म मात्र साथमा थिए ।
- के भुल भयो । के सच्चाउनु पर्यो?
उ केहि बोलिन । मैले दिएको अौठि मेरै अघि टेबलमा राखेर गइ । बोलाउदा फर्केर पनि नहेरि ।
दिदिले फेरि प्रश्न गर्नु भयो
- अाखिर किन छोडेर गइ त उस्ले?
- खै त्यो त मलाइ पनि थाहा छैन अाज सम्म । सायद अनिश्चित भबिष्य देखेर होला । पढाइ सक्केर 1 बर्ष हुदा सम्म पनि जागिर थिएन । सायद खुसि राख्दैन भनेर गइ । सुनेको थिए मसंग छुटेको अर्को महिनामा पिअार वालासंग बिहे भयो अरे । अनि बुझे मैले प्रेमको अाशमा नजिकिएकाहरु पैसाको लोभमा टाढिदा रहेछन । वाह दुनिया ।

No comments:

Post a Comment