पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Wednesday, February 14, 2018

प्रेम दिवस

फूलहरु 
अोइलिनेछन झर्नेछन
तर प्रेम सधै मुस्कुराइरहोस
जसरि मुस्कुराउछ फूल,
कसैले कसैलाइ दिनु अघि बोटैमा !
.


समयसंगै
चकलेटको मिठास
हराउदै जान्छ तर
सम्बन्ध उस्तै रहिरहोस,
चक्लेटि चक्लेटि !
.
टेडिमा,
उसले उनलाइ अनि उनले उसलाइ
सम्झनामा राखेर त
जो पनि मुस्कुराउछ,
प्रेम यस्तो होस
जहा दिल भित्र उसलाइ
राखेर सधै मुस्कुराउन सकियोस !
.
कसम तोड्नका लागी
खाइन्छ अरे,
अाउ हामी,
कहिल्यै कसम नखाने कसम गरौ,
यस्तो विश्वास बनाऔ,
जहाँ कसम नै खान नपरोस !
.
चुम्बनको लागी प्रेम
त जो कोहिले गर्न सक्छ,
कसैलाइ परै राखेर,
हेरिरहनुमा छुट्टै अान्नद हुने,
प्रेम भइरहोस !
.
प्रेमदिवसको एकदिन
प्रेम देखाएर बर्ष भरि हराउने
प्रेम नहोस,
बरु एकदिन हराएर
बर्षौ चलिरहने प्रेम होस !

No comments:

Post a Comment