पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, September 9, 2015

गजल

माया माया भनेर थालमा माम हुन्न प्रिय ।
तिमीलाई सधैभरि हेरेर मात्र दाम हुन्न प्रिय ।
तिम्रो बाले मलाई तिम्रो हात दिने छैनन्,
यदि हातमा मेरो कुनै काम हुन्न प्रिय ।
अाज तिमी भोलि को हौ तिमी? भन्छेउ,
तिम्रो अाैकातसंग मिल्ने मेरो नाम हुन्न प्रिय ।
....... प्रतीक पोख्रेल.....

Monday, September 7, 2015

गजल

फिजिक्सको डेरिभेसन जस्तै छ जिन्दगी ।
अनि पेन्डुलमको मोसन जस्तै छ जिन्दगी ।
तिमी भन्छौ जिन्दगीको स्पिड बढाउ अलिकति,
ढिलो केमेस्ट्रिको रियक्सन जस्तै छ जिन्दगी ।
न जान्न सके न बुझ्न सके जिन्दगीको नियम,
म्याथमा अक्षरको फेसन जस्तै छ जिन्दगी ।
....... प्रतीक पोख्रेल....

Friday, August 28, 2015

गजल

माया माया भनेर थालमा माम हुन्न प्रिय ।
तिमीलाई सधैभरि हेरेर मात्र दाम हुन्न प्रिय ।
तिम्रो बाले मलाई तिम्रो हात दिने छैनन्,
यदि हातमा मेरो कुनै काम हुन्न प्रिय ।
अाज तिमी भोलि को हौ तिमी? भन्छेउ,
तिम्रो अोकातसंग मिल्ने मेरो नाम हुन्न प्रिय ।
....... प्रतीक पोख्रेल (अपरिचित).....

Thursday, August 27, 2015

गजल

हार्दैछ भनेर मेरो समर्थन छोडनेलाई धन्यवाद ।
देख्दा देख्दै नजर अन्तै मोडनेलाई धन्यवाद ।
हिजो सक्नु सम्मको स्वार्थ लुट्नु लुटेर,
यो के कामको, भन्दै सम्बन्ध तोडनेलाई धन्यवाद ।
अाशाको बिरुवा मेरो मनमा हुर्काइ बढाइ,
सकि नसकि जरैबाट गोडनेलाई धन्यवाद ।
यो प्रतिकको मुटु फुटाउने त धेरै छन,

अाउदै छ कोहि भने अग्रिम, जोडनेलाई धन्यवाद ।
........... प्रतीक पोख्रेल....... (अपरिचित)