पल पल लेखे स्ट्याटस, कति शब्द गए खेर । सङ्गालेर राख्या भए उपन्यास बन्थ्यो हेर ।
कुनै समय हामीलार्इ हिडन कसैको सहारा चाहिन्थ्यो तर अाज बिना साहारा हिन्न, कुद्न सिकेका छाै । त्यसै गरि हामी जिन्दगीको गोरेटोमा बिना साहारा हिन्न, जिउन किन नसिक्ने ? बाटो चाहे खुट्टाको होस या जिन्दगीको, कोही छैन यहा तिमीलार्इ सधैभरि ताते ताते गरेर हिडाउने ।
सक्ने भए कस्सम!तिम्रा यादहरुलाई भारतले नाका बन्दि लगाए झै लगाउथे अनि तिम्रा लागी मनमा अायात हुने प्रेम भावलाई ठप्प बनाउथे।
फगत भ्रमको खेती।
Saturday, August 29, 2015
कसैको अाखामा नबिजाइ बस्नुस तर यर्थाथ यहि हुनेछ, धेरै दुख या धेरै खुसीमा मान्छे अाखाँबाट सबैलाई बगाउनेछन, जसरि बग्छन अाखामा नबिजाइ बस्ने अाँसु ।
मनमा काडा उमारेकाहरुलाई, फूलले नै हान्नुहोस तर पनि यथार्थमा उनिहरुलाई त्यहि फूलले नि बिझाउछ ।
म त एक गुलाफको बोट जस्तै हु, जहाँ काँडा पनि छ, फूल 🌷 पनि छ । अब म भित्र काँडा देखी जिन्दगीको बाटोबाट हटाउछेउ या फूल🌷 भेटि दिल ♥ भित्र सजाउछेउ, त्यो तिम्रो हातमा ।
Friday, August 28, 2015
समयले एक पछि अर्को नाटक रच्दै छ अनि मलाई त्यहि नाटकको कलाकार बनाउदै छ, अनि म उस्कै तालमा अभिनय गर्न बाध्य छु । समग्रमा भनौ जिन्दगी एक रङ्गमञ्च भको छ अनि म त्यस्को पात्र ।
मन त सीमलको भुवा जस्तै न हो, परिस्थितिको कुन चै बतासले कता उडाइ लान्छ पत्तै हुदैन ।