पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Saturday, October 1, 2016

कथा

                                       यात्रा

योगीकुटिमा बस कुर्दै थिए, भरि भराउ बस अायो । चढि हाले, खलासी भने अझै ५/६ जना अटाउने सोचमा थियो । एकछिन त सोचे यसैलार्इ प्रधानमनत्री बनाउन पाए त
बसमा मान्छे मिलाए  झै देशमा सबैलार्इ मिलाएर लैजान्थ्यो । तर के गर्नु सोचे जस्तै हुने भए
उ  नै यसरी किन खलासी भएर बसमा झुन्डिदै हुन्थ्यो होला र? यत्तिकैमा बस पार्क अाइपुगेछ ।
चढे बसमा, बस पनि हिड्यो अाफ्नै रफ्तारमा । २० मिनेटको लागि बस रोकियो पुरानो बस पार्क अघि । झ्याल बाट बाहिर हेर्दै थिए, थोत्रो बाटोमा उफ्रिदै थचारिदै गरेका गाडिहरू,
अनि हेरे अाफैलार्इ, थोत्रो मगज अनि उफ्रदै थचारिदै गरेको जिन्दगी । यतिकैमा एउटि सुन्दर युवति अाएर छेउको सीटमा बसिन । छेउको  सीटमा जो सुकै बसोस मलार्इ मतलब
हुन्थेन, सोच्थे अाउनेहरू अाइरहन्छन, जानेहरू गइरहन्छन, जीन्दगी बस जस्तै हो अाफ्नै रफ्तारमा गुडिरहन्छ ।
मैले मतलब नदिए पनि उस्ले चाहि मतलब दिइ ।
उ - कति बज्यो ?
म - यसो मोबाइल हेर्दै । चारको रफ्तारमा दैाडिदै छ ।
ए भन्दै उ अर्कै तिर फर्कि, म भने झ्यालबाट बाहिर हिउदमा थामीएको तिनाउ नदि हेर्दै थिए उर्लिइको मनको साथ ।
एकैछिन पछि उसैले सुरु गरि ?
उ - कहा सम्म?
म - जिन्दगीले जहा पुर्याउछ त्यहि सम्म ।
उ-  बुझिन?
म - बुझाएकै छैन मैले ।
उ - झर्नु पर्ने ठाउँ कहाँ हजुरको ?
म - गोरूसिङ्गे । अनि हजुरको?
सायद सुनिनन उन्ले । एक छिन दुबै मौन भयौ । बस मात्र एकोहोरो बोलिरह्यो । यत्तिकैमा मोबाइल झिके अनि फेसबुकको अाफ्नै भित्ता हेर्दै थिए । यसो ख्याल गरेको उस्ले पनि हेर्दै रैछे ।
म - के हेरेको त्यसरि, लभ पर्ला है फेरि?
उ - अ । लभ त बिनोद दाईको चाउचाउको मसला नि, जसलाई मन लायो उसैलाई पर्नलाई ।
म - है! मलाई त चाउचाउमा मसला त पर्दैन, लभ त परैको कुरा?
उ - हास्दै! स्ट्याटस त खतरा खतरा लेख्नु हुदो रै छ त?
म - स्वार्थको बजारमा शब्दको व्यापार गर्छु अलि अलि! खतरा त भ्रम पनि हुन सक्छ ।
उ - त्यसतो नहोला ।
म - त्यसतो भयो भने?
उ - जे होला त्यति बेला थाहा होला ।
म - हेरौ । अनि बटौलि तिर बसाई हो कि कामले!?
उ - अ! बसाई भन्दा हुन्छ! पढ्छु । अनि हजुर?
म - ए! कहाँ कतिमा? मेरो नि उस्तै हो ।
उ - क्षितिजमा । बिबिए । अनि हजुर?
म - म पुलचोकमा इन्जिनियरिङ्गमा । अलिकति इन्जियर अलिकति जोकर पढ्दै । अनि कुन इएर?
उ - हाहा । हेर्दा त देखीनु हुन्न त जोकर?  फस्ट इयर । अनि हजुरको ।
म - चस्मा निकालेर हेर्नुस त यथार्थ देख्नु हुन्छ ।  लौ । एउटै लेभलको परिएछ ।
उ - कालो चस्मा लाएर संसारनै कालो छ भन्ने खालको परिन नि म ।
म - देख्दा त्यस्तो त लाग्दैन त?
उ - अाखाँ पिच्छे हेराई फरक ।
म - त्यो पनि हो । अनि हजुरको शुभनाम?
उ - संज्ञा । म चै सोध्दिन ।
म - किन?
उ - अघिनै फेसबुकले बताइ सक्यो ।
यत्तिकैमा खलासि चिच्चाउन लायो बनगाई झर्ने अगाडि अानुस ।
लौ! बर्बाद समय पनि कति चाडो बितेको अाज । घडि बन्द गरेर समय रोकिने भए, म भर्खरै बन्द गर्छु भन्ने जस्तो लाग्यो । फगत भ्रमको खेति ।
म - ल! मान्छे संग छुट्टिने मन त थिएन तर समयले छुट्टिने बनाइ दियो ।
उ - समयसंग चल्न सक्नु पर्छ क्या नत्र समयले हामीलाई छोडि अाफु अघि जान्छ ।
म - त्यो पनि हो । ल समयले साथ दिए फेरि भेटौला ।
उ - मान्छेले साथ दियो भने पनि फेरि भेट्न सकिने छ ।
म - ल बाई ।
उ - बाइ ।
बस बाट अोर्लिए । एकछिन पछि झल्यास्स सम्झिए, नबम्बर माग्नै बिर्सीएछु । पछाडि फर्किए । बस त मलाई छोडि अघि नै अघि गैसकेछ  । अाफैलाई थुक्क भने । फेरि उस्को नाम सम्झिएर फेसबुकमा सर्च गरे, कतै भेटिइन उ । लाग्यो उस्ले पनि ठगि, समयले जस्तै । ... तर उस्को रिक्वयस्ट अाउछ कि भन्नदै यी अाखाहरु फेसबुकका भित्तामा अझै पनि खोजिरहन्छ उनलाई ।


4 comments:

  1. Nice bro. ..aru chai kahile
    ������

    ReplyDelete
  2. धेरै राम्रो छ । बाकी पनि लेख्नु ।

    ReplyDelete
  3. Replies
    1. कति पेज न. मा छ ठ्याक्कै यहि भाको जानकारि दिनुुस ।

      Delete