पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Wednesday, November 25, 2015

पल पल लेखे स्ट्याटस, कति शब्द गए खेर । 
सङ्गालेर राख्या भए उपन्यास बन्थ्यो हेर ।
कुनै समय हामीलार्इ हिडन कसैको सहारा चाहिन्थ्यो तर अाज बिना साहारा हिन्न, कुद्न सिकेका छाै । त्यसै गरि हामी जिन्दगीको गोरेटोमा बिना साहारा हिन्न, जिउन किन नसिक्ने ? बाटो चाहे खुट्टाको होस या जिन्दगीको, कोही छैन यहा तिमीलार्इ सधैभरि ताते ताते गरेर हिडाउने ।

Friday, October 9, 2015

नाकाबन्दि

सक्ने भए कस्सम!तिम्रा यादहरुलाई भारतले नाका बन्दि लगाए झै लगाउथे अनि तिम्रा लागी मनमा अायात हुने प्रेम भावलाई ठप्प बनाउथे।
फगत भ्रमको खेती।

Thursday, September 17, 2015

मुक्तक

तन, मन बिक्छ सबथोक बिक्छ सहरमा । 
मान्छेले नै मान्छेलार्इ बेच्न सिक्छ सहरमा । 
अाज भेटिइ भोलि छुट्ने यस्तै प्रेम छ यहाँको, 
मुना मदन जस्तै जोडी कहाँ टिक्छ सहरमा ।
.........प्रतीक पोख्रेल ......

Wednesday, September 9, 2015

गजल

माया माया भनेर थालमा माम हुन्न प्रिय ।
तिमीलाई सधैभरि हेरेर मात्र दाम हुन्न प्रिय ।
तिम्रो बाले मलाई तिम्रो हात दिने छैनन्,
यदि हातमा मेरो कुनै काम हुन्न प्रिय ।
अाज तिमी भोलि को हौ तिमी? भन्छेउ,
तिम्रो अाैकातसंग मिल्ने मेरो नाम हुन्न प्रिय ।
....... प्रतीक पोख्रेल.....

Monday, September 7, 2015

गजल

फिजिक्सको डेरिभेसन जस्तै छ जिन्दगी ।
अनि पेन्डुलमको मोसन जस्तै छ जिन्दगी ।
तिमी भन्छौ जिन्दगीको स्पिड बढाउ अलिकति,
ढिलो केमेस्ट्रिको रियक्सन जस्तै छ जिन्दगी ।
न जान्न सके न बुझ्न सके जिन्दगीको नियम,
म्याथमा अक्षरको फेसन जस्तै छ जिन्दगी ।
....... प्रतीक पोख्रेल....

मुक्तक

मन्द मुस्कान दिइ जालमा पार्नेहरु रैछन यहा ।
मिठो बचन बोलि कुटु कुटु मार्नेहरु रैछन यहा ।
पाईला अडि बढाउ तिमी साथ म दिन्छु भन्नेहरु,
परि अाउदा खुट्टा पछि सार्नेहरु रैछन यहा । 
.... प्रतीक पोख्रेल(अपरिचित)...